असार २२, २०८१ शनिबार July 6, 2024

भारतमा कोरानाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो,तीन लाख ६६ हजार ९४६ संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतम कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १२ हजार २३७ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३३४ जनाको मृत्यु भएको हो ।

त्यस्तै अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या पनि तीन लाख ६६ हजार ९४६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १२ हजार ८८१ नयाँ संक्रमित थपिएका हुन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १६ हजार ७५२ संक्रमित फेला परेका छन् भने पाँच हजार ६५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५० हजार १९३ संक्रमित फेला परेका छन् भने ५७६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४७ हजार १०२ संक्रमित भेटिँदा एक हजार ९०४ को मृत्यु भइसकेको छ । गुजरातमा २५ हजार ९३ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५६० जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १४ हजार ५९८ संक्रमित फेला परेका छन् भने ४३५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १२ हजार तीन सय संक्रमित भेटिएका छन् भने ५०६ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ९४२ संक्रमित फेला परेका छन् भने ४४ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ९४ हजार ३२५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया