श्रावण ११, २०८३ सोमबार July 27, 2026

सुशान्त सुसाइड : सलमान खान-करण जौहर र एकता कपुर लगायत ८ जनाविरुद्ध मुद्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । सुशान्तसिंह राजपूतको सुसाइड मामिला नयाँ मोडमा पुगेको छ । आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा कानुन व्यवसायी सुधीर कुमार ओझाले बलिउडका चार स्टारसहित ८ जनाविरुद्ध मुद्दा हालेका छन् ।

करण जौहर, संजय लीला भन्साली, सलमान खान, एकता कपूरसमेत अन्य चारजनाविरुद्ध बिहारको मुजफ्फरपुर अदालतमा मुद्दा परेको छ । भारतीय न्युज एजेन्सी एएनआइले आइपिसीको धारा ३०६, १०९, ५०४ र ५०६ अनुसार मुद्दा परेको जनाएको छ ।

कानुन व्यवसायी सुधीर कुमार ओझाले भनेका छन्, सुशान्तसिंह राजपूतलाई पछिल्ला ७ फिल्मबाट हटाइएको थियो । उनले अभिनय गरेका केही फिल्म रिलिज भएका थिएनन् । सुशान्तलाई आत्महत्याका लागि अन्तिम कदमको रुपमा बाध्यपार्ने काम भएकाले मुद्दा दर्ता गरेको बताएका छन् ।

बलिउडमा घरानीयाका छोरा छोरी जस्ता भएपनि हिरो हिरोइन हुने तर आम मानिसले बलिउडमा राम्रो काम गर्न थालेमा सबैले बहिष्कार गर्ने परम्परा नै छ । करण जौहर सुशान्तको आत्महत्यापछि सबैभन्दा धेरै आलोचित भएका छन् ।

नायिका कंगना रनावतले सुशान्तको आत्महत्यालाई प्लाण्डमर्डर भनेर टिप्पणी गरेकी छन् । भारतमा घरानीया अभिनेताहरुको चर्को आलोचना भएको छ ।

आफ्नो परिवारको अयोग्य भएपनि योग्य ठान्ने बलिउडका नाम चलेका अभिनेता, निर्माता, अभिनेतृविरुद्ध आलोचना सुरु भएको छ । शेखर कपुरले पनि बलिउडको परम्पराले उनलाई आत्महत्याका लागि बाध्य पारेको बताएका छन् । त्यस्तै विवेक ओबरोयले पनि सुशान्तको पीडा ठूलो भएको भन्दै बलिउडका घरानियाविरुद्ध प्रतिक्रिया दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार
अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
२०८३ श्रावण ११, सोमबार
आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
२०८३ श्रावण ११, सोमबार