वैशाख १६, २०८१ आइतबार April 28, 2024

अब ट्विटरबाटै अडियो भिडियो कल गर्न मिल्ने

मस्कले टविटरमा कल सुबिधा राखेर मार्क जुकरबर्गको हवाटस अपलाइ चुनौती दिन खोजेको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एलन मस्कले ट्विटरको जिम्मेवारी लिएपछि उनले संसारको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्ममा एकपछि अर्को धेरै परिवर्तनहरु गरिरहेका छन्।

सुरुमा मस्कले ट्विटरको नाम पनि बदलेर एक्स राखेका छन्। अहिले यो प्लेटफर्मलाई सारा विश्वले एक्सको नामले चिन्दछन् । मस्कले आफ्नो प्लेटफर्ममा अर्को नयाँ सुविधा प्रस्तुत गरेको छ। यस सुविधा मार्फत अब मानिसहरुले कल गर्न सक्ने भएका छन । वास्तवमा एलोन मस्कले आफ्नो प्लेटफर्म एक्समा मा अडियो र भिडियो कल सेवा प्रदान गर्ने सुविधा समावेश गरेका छन् ।

एक्समार्फत प्रयोगकर्ताहरुले अब आफ्ना साथी वा नातेदारहरुलाई निः शुल्क अडियो वा भिडियो कल गर्न सक्नेछन्। प्रयोगकर्ताहरुलाई एक्समार्फत अडियो वा भिडियो कल गर्न कुनै नम्बरको आवश्यकता पर्दैन।

अब एक्सबाट प्रिमियम प्रयोगकर्ताहरुका साथै साधारण प्रयोगकर्ताहरुले भिडियो र अडियो कलहरु निःशुल्क गर्न सक्नेछन्। यसका लागि अब प्रयोगकर्तालाई न त कुनै फोन नम्बर चाहिने छ, न त प्रिमियम सब्सक्रिप्शन किन्न आवश्यक पर्नेछ।

एनरिक बारगन, जो एक्सका इन्जिनियर हुन, उनले भनेका छन, ‘अब तपाईं यसलाई प्रयोग गर्न सक्नुहुन्छ। तपाईं अब सबैलाई कल गर्न अनुमति दिने छनौट गर्न सक्नु हुन्छ।’

यद्यपि एक्सबाट अडियो वा भिडियो कल सेवा प्रयोग गर्न हामी तपाईंलाई भनौं कि तपाईंले ती प्रयोगकर्ताहरुबाट मात्र कलहरु प्राप्त गर्न सक्षम हुनेछ । जसलाई तपाईंले फलो गर्नुभएको छ वा तपाईंको ठेगाना उनीहरु उपलब्ध छन । दुई खाताहरुले कम्तिमा एक पटक एक्समार्फत अन्तरक्रिया गर्न आवश्यक छ, तब मात्र उनीहरुले कल सेवाको फाइदा लिन सक्नेछन्।

यद्यपि प्रयोगकर्ताहरुले उनीहरुलाई कल गर्न अनुमति दिन सेटिङहरु छनौट गर्न सक्छन् वा तिनीहरुले फलो गर्ने मानिसहरु मात्रले पाउँछन ।

तर, धेरैले मस्कले टविटरमा कल सुबिधा राखेर मार्क जुकरबर्गको हवाटस अपलाइ चुनौती दिन खोजेको केही सञ्चारमाध्यले लेखेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया