असार २५, २०८२ बुधबार July 9, 2025

सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्बले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्बले घटेको छ । बजार धेरै जसो ओरालो लाग्दा सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्ब ८ करोड रुपैयाँले घटेको हो ।

नेपाल राष्ट्र बैंकले सेयर कारोबार मापक नेप्से परिसूचकसँगै पुँजीकरण समेत घटेको जानकारी दिएको छ । २०७६ असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० करोड रहेको बजार पुँजीकरण चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्म घटेर १५ खर्ब ३६ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

उता नेप्से परिसूचक पनि यस अवधिमा करिब ५८ अंकले घटेको छ । २०७६ असार मसान्तमा १ हजार २५९ रहेको नेप्से परिसूचक १० २०७७ वैशाख मसान्तमा घटेर १ हजार २०१ दशमलव ५९ अंकमा मा झरेको हो ।

वार्षिक विन्दुगत आधारमा हेर्ने हो भने नेप्से परिसूचक १ सय ४ अंकले घटेको छ । हाल १ हजार २०१ दशमलव ५९ अंकमा रहेको नेप्से परिसूचक २०७६ बैशाख मसान्तमा १ हजार ३१५ दशमलव ५ विन्दु रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार