असार २७, २०८२ शुक्रबार July 11, 2025

सिन्धुपाल्चोकको मेलम्चीमा एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चौतारा । सिन्धुपाल्चोकको चौतारामा एकैदिन १८ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । नयाँ संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

मेलम्चीको बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएका मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण तिवारीले जानकारी दिएका छन ।

संक्रमितहरु पाँचपोखरी गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् । उनीहरु भारत, भोजपुर र दोलखाबाट जिल्ला भित्रिएका हुन् ।

जिल्लामा संक्रमित २४ मध्ये एक महिलाको भने मृत्यु भइसकेको छ । उनी कोरोनाबाट ज्यान गुमाउने नेपालकै पहिलो थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया