असार २४, २०८२ मंगलबार July 8, 2025

सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा दृढ छ : प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताउनुभएको छ।

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले सरकारको सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको बैठकमा बताउनुभएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो।उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारले अघि बढाएका राम्रो कामको सन्देश जनतामा पुर्याउन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले बैठकमा बोल्नुभएको कुरालाई उद्धृत गर्दै प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘‘सम्मानीय प्रधानमन्त्रीज्यूले हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको जो अभियान सुरु गरेका छौं, यसलाई अगाडि बढाउनका लागि अझ दृढताका साथ लैजानुपर्ने हुन्छ।यो बारेमा २४ गते जुनजुन विषयवस्तु सदनमा राख्नुभएको थियो त्यो विषयवस्तुकै उहाँले यहाँ व्याख्या गर्नुभयो।अहिलेको लागि हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको जुन अभियान सुरु गरेका छौं।यसका लागि यो नै टिम सही हुन्छ भन्ने लागेर यसरी पुनर्गठन गरेको हो भनेर भन्नुभयो ।’’

बैठकमा प्रधानमन्त्री प्रचण्डले पार्टीको तर्फबाट सहभागी मन्त्रीले सुशासन र समृद्धिको क्षेत्रमा राम्रो काम गर्ने विश्वास व्यक्त गर्नुभएको माओवादी संसदीय दलको कार्यालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार