कार्तिक २९, २०८३ आइतबार November 15, 2026

ऐतिहासिक चैत्राष्टमी मेला हुँदै

आगामी चैत ३० देखि वैशाख ६ गतेसम्म कालिका मन्दिर परिसरमा मेलाको आयोजना हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं : बागलुङ्मा ऐतिहासिक चैत्राष्टमी मेला आगामी चैत ३० गतेदेखि आयोजना गरिने भएको छ । चैत दसैँका अवसर पारेर बागलुङमा चैते दसैँ मेला आयोजना गर्न थालिएकोे छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा आगामी चैत ३० देखि वैशाख ६ गतेसम्म कालिका मन्दिर परिसरमा मेलाको आयोजना गर्न लागेकोे हो । गण्डकी प्रदेशकै एक प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा यसपक चैत्राष्टमी मेला आयोजना गरिएको कालिका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ चैत्राष्टमी मेला आयोजना गर्न थालिएको हो । मेलाको अवसरमा कालिका कप खुला भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यानलगायत कार्यक्रम समावेश गरिएको छ ।

बागलुङको सदरमुकाम बागलुङ बजारमा तीन सय वर्षदेखि आयोजना हँुदै आएको यो मेला यो वर्ष जिल्लामा क्रियाशील सङ्घसंस्था, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया