वैशाख १६, २०८१ आइतबार April 28, 2024

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

सत्तारुढ दलको समर्थन पायर निर्वाचित भए दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट गठबन्धनको सहयोगमा अध्यक्ष भएका हुन् ।

उनलाई उनको दल माओवादी केन्द्रसहित नेकपा एमाले, एकीकृत समाजवादी लगायत गठबन्धन दलको सहयोग समर्थन रहेको थियो ।

उनले नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै शर्मालाई उनको दल नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया