असार २१, २०८२ शनिबार July 5, 2025

बर्दिबासमा भू-माफियाहरूको चलखेल, विद्यालयको जग्गा अतिक्रमण

यदी दोषीलाई तत्काल कारबाही नभए संघर्षका कार्यक्रमसमेत तय गर्ने स्थानीयहरुले चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी, ७ चैत ।  महोत्तरीमा सार्वजनिक जग्गा हडप्ने, व्यक्तिका जग्गाहरू आफ्नो नाममा ल्याएर घरबारविहीन बनाउने र वनसमेत अतिक्रमण गरि आफ्नो नाममा बनाएका घटनाहरु सार्वजनिक हुँदै आएका बेला  बर्दिवासका एक व्यक्तिले  विद्यालयको सार्वजनिक जग्गा नै अतिक्रमण गरेर आफ्नो बनाउने प्रयास गरेको खुलेकाे छ ।

बर्दिवास-७ स्थित जनहित नन्दलाल माध्यामिक विद्यालयको १ बिघा ५ कठ्ठा ४ धुर जग्गामा लगाइएको झण्डै ६ सय रुख कटान गरि कब्जा गर्ने प्रयास गरेको खुलासा भएको हो । गाउँकै बृज विहारी महतो भन्ने ब्यक्तिले जानाजान विद्यालयले लगाएको उक्त भिक्सका रुखहरु कटान गरी बेचबिखनसमेत गरेको स्थानीय बताउँछन् ।

१८ इन्चदेखि ४२ इन्चसम्मको रुख कटान गरि मिथिला नगरपालिकाका एक फर्निचर व्यवसायीलाई बिक्री गरेको  फेला परेको छ । रातारात विद्यालयको लालपुर्जामा रहेको उक्त रुखहरु कटान गरेर बिक्री गरेपछि स्थानीय आक्रोशित भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिदुर कार्कीले विद्यालयको जग्गा थाहा हुँदाहुँदै विद्यालयले नै लगाएको रुखहरु कटान गर्नु गलत भएको बताए ।

`जसले गल्ती  गरेको भए पनि सजायको भागिदार हुनुपर्छ,´ उनले भने, `अत्यन्तै खेदपूर्ण घटना घटेको छ ।´

ती व्यक्ति शक्तिको आडमा परिचालित भएको कतिपयको आरोप छ । वडा न. ६ का वडा अध्यक्ष पदम आलेमगरले नगरले यस्ता ब्यक्तिहरुलाई संरक्षित गरि अराजक मच्चाउन खोजेको बताए ।

वडा न.७ का वडा अध्यक्ष भोरिल यादवले विद्यालयको जग्गा जानाजान अतिक्रमण गर्नु गम्भीर अपराध भएको बताउँदै दोषीलाई थप छानबिन गरि कारबाही प्रक्रियाअगाडि बताउने बताएका छन् ।

यता स्थानीयहरुले भने मनोबल उच्च बनाएर सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने अडान लिएका छन् । यदी दोषीलाई तत्काल कारबाही नभए संघर्षका कार्यक्रमसमेत तय गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् । अभिभावक संघकी सदस्य जुनु यादवलले कारबाहीमा बेवास्ता गरेमा दबाबमुलक कार्यक्रमसमेत सिर्जना गर्ने बताइन् ।

`आवश्यक परे हामी लोकतान्त्रिक अधिकारको प्रयोग गरि सडक संघर्षसमेत गर्छौं,´ उनले भनिन्, `अपराध गर्नेहरुले उन्मुक्ति पाउन हुँदैन ।´

तर, रुख कटान गरि रातारात बेचेकाे आरोप लागेको आरोपित वृज विहारी महतोले उक्त जग्गा आफ्नै भएको दाबी गरेका छन् । बर्षौदेखि आफैले जोतभोग गरेको उक्त जग्गामा अहिलेसम्म विद्यालयले दावी नगरेको बताउँदै बाँकी रुखहरु पनि काटेर देखाउने चुनौती दिएका छ्न् ।

स्थानीयहरुले लगाएको आरोप निराधार भएको बताउँदै उक्त जग्गा विद्यालयको भए सजाय भोग्न तयार भएको उनकाे भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार