वैशाख १५, २०८१ शनिबार April 27, 2024

पथरी बहुमुखी क्याम्पसको स्ववियूले नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

शिविरमा ८ सय भन्दा बढी विद्यार्थीले सेवा लिने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ, ८ चैत । मोरङको पथरीशनिश्चरेमा रहेको पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

स्ववियूले निर्वाचित भएर आएको एक वर्ष पुगेको अवसरमा नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा चैत्र ९ गते क्याम्पस परिसरमा निशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने स्ववियू सभापति केशर राइले बताए।

नगर क्षेत्र भरी अध्ययनरत विद्यार्थीहरुलाइ लक्षित गरी सञ्चालन गरिने उक्त शिविरमा ब्लड ग्रुप परिक्षण, स्त्री रोग विशेषज्ञ, दन्त चिकित्सा, आँखा उपचार र जनरल मेडिसिन लगायतको सेवा उपलब्ध हुनेछन्। शिविरमा ८ सय भन्दा बढी विद्यार्थीले सेवा लिने अनुमान स्ववियूले गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया