माघ १७, २०७९ मंगलबार January 31, 2023

नुवाकोट बस दुर्घटनामा दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिका वडा नं ४ स्थित माछापोखरीमा भएकोबस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

घाइते मध्ये १२जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइते १२जना मध्ये ४ जनाको अवस्था अत्यन्त गम्भीर भएकाले नेपाली सेनाको हेलिकप्टरबाटकाठमाडौं ल्याइएको छ भने अन्यलाई एम्बुलेन्सबाट नै काठमाडौं ल्याइएको छ । घाइतेहरुकोकाठमाडौंको ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

प्रहरीले दिएकोजानकारी अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका वडा नं की २७ वर्षीया मिना तामाङ रचितवन घर भएका ५० वर्षिय ५० वर्षीय बलराम तिवारी रहेका छन् । यस्तै अन्य सामानयभएकाहरुको जिल्ला अस्पताल त्रिशुली, सिटी अस्पताल विदुरमा उपचार भैरहेको प्रहरीलेजनाएको छ ।

शुक्रबार बिहान करिब १० बजे दुप्चेश्वर गाउँपलिका वडा नं ४ को बसेरीभन्ने स्थानबाट त्रिशुलीको लागि छुटेको पासाङल्हामु यातायातद्वारा सञ्चालित ना १ ख६३५६ नम्बरको बस सडकभन्दा २ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

बसमा यात्रागरिरहेका यात्रुहरुका अनु्सार बस तिब्र गतिमा गुडेका कारण दुर्घटना भएको हो । एक यात्रुलेदिएको जानकारी अनुसार चालकलाई पटक–पटक आग्रह गर्दापनि बसको स्पिड नघटाएकाकारण दुर्घटना भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट
२०७९ माघ १७, मंगलबार
अनुगमनलाई चुस्त बनाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन
२०७९ माघ १७, मंगलबार
अर्को बैंकको एटिएमबाट पैसा झिक्दा अबदेखी १५ रुपैयाँ मात्रै लाग्ने
२०७९ माघ १७, मंगलबार
देशभर २३२ जनाको परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि – २ जना सङ्क्रमण मुक्त
२०७९ माघ १७, मंगलबार
पोखरा हवाई दुर्घटना : छ जनाको ‘डिएनए’ परीक्षण सुरु
२०७९ माघ १७, मंगलबार
चिनियाँ राजदूत सोङको सक्रियता, २ सातामा ८ उच्चस्तरीय राजनीतिक भेटवार्ता
२०७९ माघ १७, मंगलबार
खेलकुद महासंघको दोस्रो महाधिवेशन ७ फागुनदेखि विराटनगरमा हुने
२०७९ माघ १७, मंगलबार