असोज ७, २०८३ बुधबार September 23, 2026

प्रधानमन्त्री शाह न्यूयोर्कको जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा

प्रधानमन्त्री शाहले बिहीबार अपराह्न महासभालाई सम्बोधन गर्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्नुभएको छ ।

प्रधानमन्त्री शाहलाई  जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटघाट गर्नुहुने कार्यक्रम छ । उहाँ न्यूयोर्कस्थित नेपाली नियोगले आयोजना गर्ने स्वागत समारोहमा पनि सरिक हुनुहुने छ ।

प्रधानमन्त्री शाहले बिहीबार अपराह्न महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया