असोज ७, २०८३ बुधबार September 23, 2026

कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक अमेरिकी राजदूतबिच भेटवार्ता

बाढी तथा विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिकको खोजी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बुधबार भेटवार्ता गरेकी छिन्।

अमेरिकी दूतावासका अनुसार नेपालमा बाढीपछिको पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका विषयमा उनीहरूबिच कुराकानी भएको छ।

विपद्‌बाट प्रभावित नेपाली समुदायलाई निरन्तर सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको कार्यवाहक राजदूत बोल्डिनले बताएकी थिइन्। उनले बाढी तथा विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिकको खोजी कार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाइन्।

अमेरिकी दूतावासका अनुसार अमेरिकाले हालसम्म नेपालमा बाढी तथा विपद् प्रभावित क्षेत्रको सहयोगका लागि तीन करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराइसकेको छ। सो सहयोगअन्तर्गत स्थायी पुल निर्माण, खानेपानी तथा सरसफाइ, आश्रय, जीविकोपार्जन, जाडोयामका लागि आवश्यक सहयोग तथा विपद् प्रतिकार्यका उपकरण रहेका छन्।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले नेपालमा कार्यरत अमेरिकी कम्पनीका लागि व्यावसायिक वातावरण सुधार गर्न सरकारले गरेको प्रयासका लागि कार्यवाहक प्रधानमन्त्री वाग्लेलाई धन्यवाद दिइन् । उनले नेपालमा अमेरिकी लगानी र व्यवसायका लागि वातावरणलाई अझ सुदृढ बनाउने बारे पनि छलफल गरेकी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया