वैशाख १६, २०८१ आइतबार April 28, 2024

विद्यालय भवन निर्माणमा विदेशी श्रमदान

१९विदेशी दाताहरुले स्वयम् संस्थामार्फत विद्यालय भवन निर्माण गर्न श्रमदान गरिरहे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : दोधारा चाँदनीको सीमा बस्ती बडुवाल टोलमा सामुदायिक विद्यालयको भवन निमार्णका लागि विभिन्न देशका नागरिक श्रमदान गरिरहेका छन् ।

गैर सरकारी संस्था ‘विल्ड अन’को सहयोगमा दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलस्थित गणेश आधाभूत विद्यालयको तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माण गर्न विभिन्न मुलुकका नागरिक र स्थानीयवासी खटिएका छन् ।

विल्ड अन धनगढीका सहायक निर्देशक झरना बमले भन्नुभयो, “अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, आयरल्याण्ड, पोल्याण्ड र ग्रिक लगायतका देशबाट यहाँ श्रमदान गर्न आउनुभएको छ । उहाँहरुले आफै लगानी पनि गर्नुभएको छ यसमा स्थानीयवासीको पनि सहभागिता रहेको छ ।” उहाँले १९विदेशी दाताहरुले स्वयम् संस्थामार्फत विद्यालय भवन निर्माण गर्न श्रमदान गरिरहेको बताउनुभयो ।

जिल्लाको विकट बस्तीमा विदेशी नागरिले श्रमदान गरेर विद्यालय भवन निर्माण थालेपछि यहाँका स्थानीयवासी हर्षित बनेका छन् । गणेश आधाभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण वलीले विद्यालय भवन निर्माण गर्न विभिन्न मुलुकका नागरिक श्रमदानमा खटिएको बताउनुभयो ।

उन्नाइस  विदेशी नागरिकसँगै यहाँका स्थानीय पनि श्रमदान गरिराखेका छन् । उहाँले भन्नुभयो“भवन निमार्णपछि यहाँका विद्यार्थीलाई धेरै सहज हुनेछ ।” यसअघि भवन चुहिने हुँदा विद्यार्थीलाई पठनपाठनमा निकै समस्या हुने गरेको उहाँले बताउनुभयो ।“अहिले स्थानीय सरकारले पनि सहयोग गरिराखेको छ ।” वलीले भन्नुभयो“सीमा बस्तीमा रहेको विद्यालयमा हालसम्म सुविधा सम्पन्न भवन निर्माण हुन सकेको छैन ।”

विदेशी नागरिकसँगै यहाँका स्थानीयवासी पनि श्रमदानमा गर्न खटिएका छन । “यस्तो हामीले पहिलो पटक देखेका हौँ ।” यहाँका स्थानीय सीतादेवी वादीले भन्नुभयो “विदेशीसँगै हामी पनि काम गरिरहेका छौँ रमाइलोसँगै खुसी भएका छौँ ।” उहाँले लामो समयदेखि विद्यालय जीर्ण अवस्थामा रहेको बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकासँगको संयुक्त साझेदारीमा बन्ने विद्यालय भवनको निर्माण अवधि एक सय ६ दिन रहेको छ । भवन निर्माणका लागि अमेरिका, फ्रान्स, बेलायतलगायत मुलुकका १९ जना दोधारा चाँदनी पुगेका छन् । स्थानीय तहले निर्माण सामग्री उपलब्ध गराउने गरी सहकार्य गरेको छ । भवन निर्माण सम्पन्न भएपछि संस्थाले फर्निचरलगायत सामग्री उपलब्ध गराउने छ । भवन निमार्णपछि यहाँका विद्यार्थीलाई पठनपाठनमा सहज हुने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया