श्रावण १२, २०८१ शनिबार July 27, 2024

लुम्बिनीमा चैत्र १७ गतेदेखि विराट चक्र ध्यान सम्मेलन हुने

नेपाल बाहिरका विभिन्न २० मुलुकमा बसोबास गर्ने नेपालीहरू गरी ५ हजारको सङ्ख्यामा सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यही चैत्र १७ गतेदेखि २४ गतेसम्म विराट चक्र ध्यान सम्मेलनको आयोजना हुने भएको छ ।

नेपालमा स्थापना भई विश्वका विभिन्न ७० मुलुकहरूमा ध्यान र जीवन विज्ञानको बारेमा प्रशिक्षण प्रदान गर्दै आएको आध्यात्मिक संस्था जीवन विज्ञानले पहिलो पटक लुम्बिनीमा विराट चक्र ध्यान सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ ।

ध्यान सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका ७५३ पालिकाका र नेपाल बाहिरका विभिन्न २० मुलुकमा बसोबास गर्ने नेपालीहरू गरी ५ हजारको सङ्ख्यामा सहभागिता रहने विराट चक्र ध्यान सम्मेलनको आयोजक संस्था जीवन विज्ञानले जनाएको छ ।

ध्यान सम्मेलनको क्रममा मानिसको शरीरमा निष्क्रिय भएका ७ ऊर्जा चक्रमध्ये प्रत्येक दिन एक एक वटाको जागरण गर्ने गरी प्रशिक्षण प्रदान गरिने मुख्य प्रशिक्षक एल पी भानु शर्माले जानकारी दिनुभयो  ।

ध्यान सम्मेलनको क्रममा प्रधानमन्त्रीसहित विभिन्न दलका नेता तथा उच्च प्रशासकहरूले सहभागिता जनाउने जीवन विज्ञानले जनाएको छ ।

साताव्यापी ध्यान सम्मेलनको माध्यमबाट नेपाललाई विश्वमा ध्यान र योगको देशको रुपमा स्थापित गराउने लक्ष्य रहेको एल पी भानु शर्माले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार