वैशाख १५, २०८१ शनिबार April 27, 2024

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व सुरु

आफन्तलाई बोलाएर मिठा–मिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, १० चैतः म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा आजदेखि तोरनल्ह (फागु पूर्णिमा) पर्व सुरु भएको छ ।

नेपालका विभिन्न क्षेत्रमा करिब १० हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पूर्णिमाका अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

फागु पूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली समुदायकी अगुवासमेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले जानकारी दिनुभयो ।

तोरन ल्ह' पर्व मनाउँदै थकाली समुदाय

“तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, उहाँले भन्नुभयो, “आफन्तलाई बोलाएर मिठा–मिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।” मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ ।

घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरनल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीहरू आफ्नो जन्मथलो फर्किएका छन् । तोरनल्हमा थकाली समुदायले घर सिङ्गारपटार गरेका छन् ।

थकालीहरुको पर्व 'तोरन्ला' के हो ? - NepalKhoj

तोरन ल्हपर्वका अवसरमा थकाली समुदायका पुरुषहरू परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् भने महिलाहरू मौलिक वेशभूषामा सजिएर नाचगान गर्दै शुभकामना साटासाटा गरेर तोरनल्ह मनाउँछन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया