वैशाख १५, २०८१ शनिबार April 27, 2024

जापानबाट २३ विद्यार्थीले एसईई दिँदै

एसईईको लागि देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू परीक्षा दिने तयारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः माध्यमिक शिक्षा परीक्षा (एसईई)को लागि जापानबाट २३ जना विद्यार्थी सहभागि हुदैछन् ।

जापानको एभरेस्ट स्कुलमा अध्ययनरत नेपाली विद्यार्थीहरूले एसईई परीक्षा दिन लागेका राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

जापानको एभरेस्ट स्कुलका विद्यार्थीका लागि सोहि विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ। उक्त परीक्षा केन्द्रको अनुगमन जापानस्थित नेपाली दूतावासले गर्नेछ । र, सोहि स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । परीक्षाको लागि हुलाकमा मार्फत उत्तर पुस्तिका पठाइएको छ भने मेलमार्फत प्रश्नपत्र पठाइने छ ।

एसईईको लागि देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू परीक्षा दिने तयारीमा छन् । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया