असार २३, २०८२ सोमबार July 7, 2025

भारत-चीन सीमा विवाद : भारतीय रक्षामन्त्री राजनाथ सिंहद्वारा तीनवटै सेना प्रमुखसँग छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । भारत चीन सीमा विवाद उत्कर्षमा पुगेपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज तीनवटै सेना प्रमुखसँग छलफल गरेका छन् । पूर्वसेना प्रमुख तथा सिडिएस बिपिन रावत पनि छलफलमा सहभागी भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बैठकमा लद्दाखको पछिल्लो विवाद र सैन्य उपस्थितिलगायतका विषयमा चर्चा भएको छ ।

रक्षामन्त्री सिंहले पहिले पनि तीनवटै सेना प्रमुखसँग छलफल गरेका थिए । लद्दाखमा भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएपछि अहिले जल, थल र वायु सेनालाई अलर्ट अवस्थामा राखिएको छ । जुन १८ को छलफल लगत्तै सीमा क्षेत्रमा भारतले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

भारतले अरुणाञ्चल प्रदेश, उत्तराखण्ड, हिमाञ्चल र लद्दाख क्षेत्रमा वास्तविक सीमा रेखा एलएसीमा अतिरिक्त सुरक्षा व्यवस्था तैनाथ गरिसकेको छ । भारतीय वायु सेनाले पनि लद्दाख क्षेत्रमा सुरक्षा गस्ती सुरु गरेको छ । ३ हजार ५ सय किलोमिटर लामो चीन सीमामा भारतले सुरक्षाफौजलाई हाइअलर्टमा राखेको छ । हिन्द महासागरमा पनि भारतीय नौसेनाले गस्ती बढाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार