असार २७, २०८२ शुक्रबार July 11, 2025

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५२३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गण्डकी प्रदेशमा आइतबार दिउँसो थप १९ जना कोरोना संक्रमितहरू थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले आइतबार दिउँसो प्रेश विज्ञप्ति जारी गर्दै थप १९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

संक्रमितमध्ये कास्कीका दुई, स्याङ्जाका १०, बागलुङका ५, तनहुँका एक र नवलपसारी पूर्वका एकजना रहेका छन् । उनीहरु सबै भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बस्दै आएको डा. शर्माले जानकारी दिएका छन् ।

संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको उनले जानकारी दिएका छन । आइतबार बिहान गण्डकी प्रदेशमा १६ जना संक्रमित फेला परेका थिए । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया