पश्चिम नवलपरासी । सुनवल नगरपालिकामा आइतबार २१ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १६ जना पुरुष र पाँचजना महिला रहेका छन् । यससँगै सुनवलमा संक्रमितको संख्या २७ जना पुगेको छ ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि १२८ जनाको स्वाब नमुना पठाइएको थियो । तीमध्ये ५२ जनाको रिपोर्ट आएको सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिएका छन । ५२ जनामध्ये २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु वडा नम्बर १ का आठ, वडा नम्बर ३ का दुई, वडा नम्बर ४ का दुई, वडा नम्बर ६ का एक, वडा नम्बर ७ का तीन, वडा नम्बर १२ का तीन र वडा नम्बर १३ का दुईजना रहेको न्यौपानेले जानकारी दिएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया