खलंगा । प्यूठानमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको परीक्षणमा प्यूठानका थप १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदीले जानकारी दिएका छन ।
आइतबार थपिएका नयाँ संक्रमितमा माण्डवी गाउँपालिकाका १ जना, प्यूठान नगरपालिकाका ९ जना, गौमुखी गाउँपालिकाका १ जना र नौबहिनी गाउँपालिकाका ३ जना गरी १४ जना रहेका छन ।
नयाँ संक्रमितसँगै प्यूठानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया