वैशाख १६, २०८१ आइतबार April 28, 2024

दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दाङको लमहीमा बिहीबार अटो दुर्घटनामा परेको छ। दाङ प्रहरीका अनुसार लमही नगरपालिका ९ अम्राई खोला नजिक तुलसिपुर–अमिलिया सडक खण्डमा तुलसिपुरबाट अमिलियातर्फ आउँदै गरेको अटो दुर्घटनामा परेको हो।

अटो सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले अटो चालकसहित ३ जना घाइतेको सकुशल उद्धार गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया