वैशाख २०, २०८१ बिहिबार May 2, 2024

एसइईमा चिट चोराउने कार्यमा संलग्न पाँच जना पक्राउ

जिभिएन स्कुलका विद्यार्थीको मोबाइल नियन्त्रणमा लिएर हेर्दा ह्वाट्सएप र फेसबुक ग्रुपमार्फत चिट चोर्ने गरेको तथ्य फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एसइई परीक्षामा चिट चोराउने कार्यमा संलग्न पाँच जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

ह्वाट्सएप र फेसबुकमा ग्रुप बनाएर चिट चोराउने लोटस इंग्लिश मिडियम हाइस्कुलका प्रधानाध्यापक तपन शर्मा, शिक्षक अफ्ताब खान, ए(वान कन्सल्टेन्सीका सञ्चालक इरफान अलि मिकरानी, दिलीप बिक र सन्तोष नेपालीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले नेपालगञ्जको जिभिएन स्कुलका विद्यार्थीको मोबाइल नियन्त्रणमा लिएर हेर्दा ह्वाट्सएप र फेसबुक ग्रुपमार्फत चिट चोर्ने गरेको तथ्य फेला पारेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार पक्राउ परेका व्यक्तिहरूले यी ग्रुपमा चिट बनाएर पठाउने गरेका थिए । विज्ञान विषयको प्रश्नपत्र एक जना शिक्षकले ७ बजेर २७ मिनेटमै फोटो खिचेर चिट बनाउने ग्रुपका सदस्यलाई पठाएको पनि भेटिएको छ ।

परीक्षाको मर्यादा विपरीत चिट चोराउने कार्यमा संलग्न देखिएपछि ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्ष गणेश भण्डारीसहितको टिमलाई परिवर्तन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । अनुगमन टोलीले ५ थान मोबाइल, एउटा ल्यापटप, गाइड र सोलुसन बुक, केही मोबाइल नम्बर उल्लेख भएको कागजात समेत बरामद गरेको छ ।

चिट चोर्ने व्यवस्था मिलाएर शिक्षक तथा कन्सल्टेन्सीका सञ्चालकले विद्यार्थी र अभिभावकबाट पैसा लिएको हुन सक्ने प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका उनीहरुलाई पाँच दिन म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि
२०८१ वैशाख २०, बिहिबार
रुरल सहकारी प्रकरणः सहकारीका अध्यक्ष र सचिवको मिलेमतोमा बचतकर्ताको करोडौं गोलमाल
२०८१ वैशाख २०, बिहिबार
समानता र न्यायको सिद्धान्तमा हाम्रो पाटी अघि बढेको छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १९, बुधबार
श्रमिक दिवस कम्युनिष्ट पार्टीको पनि उत्सव हो : उपमहासचिव पोख्रेल
२०८१ वैशाख १९, बुधबार
उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
२०८१ वैशाख १९, बुधबार
चिम्टीका ९७ जना अग्निपीडितको निःशुल्क उपचार
२०८१ वैशाख १९, बुधबार
गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित
२०८१ वैशाख १९, बुधबार