काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन् ।
पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै लकडाउन खुकुलो पार्दै गइरहेको समयमा डब्ल्यूएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ११ लाख पुगेको छ । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि चार लाख ६७ हजारभन्दा धेरै छ ।
स्रोत : बीबीसी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया