वैशाख २०, २०८१ बिहिबार May 2, 2024

कर्णालीमा शैक्षिक सत्र सुरु हुनु अगावै पर्याप्त पाठ्यपुस्तक पुग्यो

सरकारी र निजीले छुट्टाछुट्टै पाठ्यपुस्तक कर्णालीका जिल्लाहरुमा पठाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चैत २५ गते । कर्णाली प्रदेशका विद्यार्थीको हातमा वर्षेनी समयमै पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित हुने गरेको छ । कहिले कागजको अभाव त कहिले आएका पाठ्यपुस्तक समयमै ढुवानी नहुँदा विद्यार्थीको हातमा समयमै पुस्तक पुग्दैनथ्याे ।

नयाँ शैक्षिक सत्र सकिएर त्रैमासिक परीक्षासम्म पनि कर्णालीका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउँदा समस्या हुने गरेको थियो । तर यो पटक कर्णाली प्रदेशमा शैक्षिक सत्र सुरु हुनु अगावै पर्याप्त पाठ्यपुस्तक आइपुगेको छ । यो वर्ष कर्णाली प्रदेशका ७९ वटा पालिकाकामा रहेका विद्यालयहरुमा लगभग पाठ्यपुस्तक पुगिसकेको छ  ।

कर्णालीमा सरकारी निकाय केन्द्र र निजी क्षेत्रको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी उपभोक्ता सहकारी सुर्खेतले पाठ्यपुस्तक विक्री गर्दै आएको छ । केन्द्रले हालसम्म २६ हजार र सहकारीले नौ हजार सेट पाठ्यपुस्तक आएको जनाएको छ । सरकारी र निजीले छुट्टाछुट्टै पाठ्यपुस्तक कर्णालीका जिल्लाहरुमा पठाएका छन् । जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालयले लगभग दशै जिल्लामा पाठ्यपुस्तक पुग्न लागेको जनाएको छ ।

विगतका वर्षहरुमा केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको थियो । तर यो वर्ष शैक्षिक सत्र शुरु हुनु अगावै पाठ्यपुस्तक पठाउन सुरु गरिरहेको केन्द्र सुर्खेतका प्रमुख भैरवबावु पन्तले जानकारी दिनुभयो । कक्षा १–४ का पाठ्यपुस्तकहरुको विक्री जिम्मा पाएको सहकारीले कर्णालीका जाजरकोट, दैलेख, सुर्खेत, मुगु, कालिकोट र मुगुमा पठाउने गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी उपभोक्ता सहकारी सुर्खेतका अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयले सम्बन्धित पालिकाको खातामा पाठ्यपुस्तक खरिद गर्न रकम पठाउने गरेको छ । पालिकाहरुले विद्यालयको खातामा पाठ्यपुस्तक खरिदका लागि सुरुमा ७५ प्रतिशत रकम पठाएपछि विद्यालयले पुस्तक किन्ने गरेका छन् । विद्यालयहरुले पुस्तक खरिदका लागि सिँधै केन्द्र र निजी तथा पुस्तक व्यवसायीहरुबाट कितावबखरिद गर्ने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार