वैशाख १८, २०८१ मंगलबार April 30, 2024

उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द हुने

उपनिर्वाचन हुने इलाम-२ र बझाङको १ (१) मा बैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले बैशाख १५ गते उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

उपनिर्वाचन हुने इलाम-२ र बझाङको १ (१) मा बैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नु पर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ ।

साथै आयोगले उपनिर्वाचन हुने क्षेत्रमा बैशाख २ गते देखि नै मत गणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्रीवितरण रोक्न समेत सरकारलाई आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया