असार २३, २०८२ सोमबार July 7, 2025

विश्व स्वास्थ्य संगठनको अपिल : महामारी कायमै छ, सतर्कता अपनाऔं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सतर्कता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् ।

‘लकडाउन हामी सबैका लागि गाह्रो कुरा थियो । घर मै बस्नु पर्यो । साथीभाइलाई भेट्न पाइएन । काममा जान पाइएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौं । काममा जान पाएका छौं । नातेदार परिवारहरुलाई भट्न जान पाइरहेका छौं,’ उनले भने, ‘तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गईसकेको छैन । महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौ तसर्थ हामी अलि होसियार हुनु जरुरी छ ।’

लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एकापसमा भेटघाटलगायत बढेको भन्दै डा. भ्यान्डेलरले त्यस क्रममा सबैले आ–आफ्नोतर्फबाट थप सतर्क हुनु जरुरी रहेको बताएका छन । उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नोतर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याएका छन् ।

मानिसहरुको भीडभाडमा नजाने, जानै परे दूरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि डा. भ्यान्डेलरले आग्रह गरेका छन । उनले ज्वरो, खोकी वा कुनै पनि किसिमको विसञ्चो भए तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउन आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार