वैशाख १८, २०८१ मंगलबार April 30, 2024

मधेश प्रदेशमा विद्यालय भर्ना अभियान शुरु

आजदेखि पालिकाहरूमा भर्ना अभियान थालियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेश प्रदेशका जिल्लाहरूमा आजदेखि विद्यालय भर्ना अभियान शुरु भएको छ । राष्ट्रिय रुपमा वैशाख २ गतेदेखि नै भर्ना अभियान चलेपनि मधेश प्रदेशमा जूड शीतलका कारणले सार्वजनिक बिदा भएकाले आजदेखि पालिकाहरूमा भर्ना अभियान शुरु भएको हो ।

“सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने मूल नारासहित जनकपुरधाम उपमहानगरपालिकाका ५२ वटा सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु भएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो ।

विद्यालयको पहुँचबाट कुनै पनि विद्यार्थी बाहिर नहुन् भन्नका लागि अभियान चलाइएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख अन्जु पाण्डेले जानकारी दिनुभयो । विद्यालयमा भर्ना भएका विद्यार्थीहरूलाई टिकाउने तथा सिकाउने विषयमा उपमहानगरपालिका गम्भीर रहेको उहाँले बताउनुभयो ।

जनकपुरधामको वडा नंं ८ मा रहेको याज्ञवल्क्य संस्कृत नमूना माध्यमिक विद्यालय ज्ञान कूपबाट जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय भर्ना अभियान शुरु भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार