वैशाख १८, २०८१ मंगलबार April 30, 2024

विद्यार्थी कम भएपछि १६ विद्यालय समायोजन

चारवटा माध्यमिक विद्यालयलाई तह घटुवा गर्दै आधारभूत तहमा झारियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ। गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी सङ्ख्या न्यून भएका १६ वटा विद्यालय समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार निर्णय गरेको हो।

सोही निर्णयअनुसार विद्यालय समायोजन यसै शैक्षिक सत्रदेखि लागू भएको सानीभेरी गाउँ कार्यपालिकाका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिए।

उनका अनुसार कार्यपालिकाको बैठकले १५ वटा विद्यालयको तह घटुवा तथा कक्षा घटुवा गर्ने निर्णय गर्दा उक्त वटा विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको थियो। सोहीअनुसार बालकल्याण आधारभूत विद्यालय पोखेरोल, कालिका आधारभूत विद्यालयमा शाखा विस्तार भएको छ।

त्यस्तै शीतल माध्यमिक विद्यालय फक्रैया, बालज्योति माध्यमिक विद्यालय गिठाकोट, सूर्योदय माध्यमिक विद्यालय बेल्टापु र जनज्योति माध्यमिक विद्यालय मेलचौरमा कक्षा ११ र १२ बाट कक्षा १० मा भारिएको छ।

अन्य चारवटा माध्यमिक विद्यालयलाई तह घटुवा गर्दै आधारभूत तहमा झारिएको छ। ती विद्यालयमा भेरी दोभान माध्यमिक विद्यालय चाइनाबगर, जनप्रिय मावि हासिवाङ, सरस्वती मावि चिन्तु, र शिव मावि काफलबोट छन्।

भेरी दोभानमा माविमा कक्षा १२ सम्म र अन्य तीन वटा विद्यालयमा १० कक्षा सम्म पढाइ सञ्चालन हुने गरेको थियो। अब भने कक्षा ८ सम्म मात्र पढाइ सञ्चालन हुने गाउँपालिका प्रवक्ता घर्तीले जानकारी दिए।

त्यस्तै तीन वटा आधारभूत विद्यालयलाई प्रारम्भिक बाल विकास केन्द्रमा र कक्षा १ देखि पाँचसम्म पढाइ सञ्चालन भएका चार वटा आधारभूत विद्यालयलाई कक्षा ३ सम्म सञ्चालन गर्ने गरी कक्षा घटाएको छ।

पालिकाभर ४५ वटा सामुदायिक विद्यालय छन्। त्यसमा १६ वटा विद्यालयलाई समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा भूपासिंह विष्टले जानकारी दिए।

उनका अनुसार विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार, शिक्षकको दरबन्दी, विद्यालय–विद्यालयबीचको दुरीलगायतका आधारमा विद्यालय समायोजन तथा तह मिलान गरिएको जनाइएको छ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार