वैशाख १८, २०८१ मंगलबार April 30, 2024

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल

मकरलाई आज नबोल्दा हुने ठाउँमा बोल्न बाध्य हुनुपर्ने हुनसक्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष : अधिकारका लागि लडाइँ गर्नुपर्ने दिन छ। आर्थिक क्षेत्रमा विवाद हुने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुने देखिन्छ।

वृष : दाम्पत्य सुखमा दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा रमाइलो भेटघाट र छलफल हुनेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी गर्दा सचेत भएर काम गर्नुपर्ने छ।

मिथुन : यात्रा रमाइलो र सुखद् हुनेछ। माया मारेको धन हात लाग्ने दिन छ। सुरुवात गरेका काम नियमसंगत भए सफलता मिल्नेछ। परिवारका बौद्धिक सदस्यसँग मिलेर काम गर्नु राम्रो हुन्छ।

कर्कट : नयाँ अवसर प्राप्त हुने दिन छ। आफन्त र साथीले सहयोग गर्नेछन्। गुरुको माया पाउने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह : राजनीति क्षेत्रमा प्रवेश नगर्नु राम्रो हुन्छ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले मन खुशी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : सुखद् यात्राको योग रहेको छ। दिनभर मन खुशी हुनेछ। श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनसक्छ। परिवारसँगको सम्बन्धले उत्साह थप्नेछ। प्रेम सम्बन्ध रोमान्टिक बन्नेछ।

तुला : सोचेको काम बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ। सामाजिक क्षेत्रमा विरोध गर्नेहरु सक्रिय भएकाले सचेत भएर काम गर्नु राम्रो हुन्छ।

वृश्चिक : लगानीका क्षेत्र सबल छन्। निर्णय गर्ने समय आएकाले डराउनु हुँदैन। ठूलो काममा हात लगाउन हिम्मत गरेको राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : यात्रा कठिन हुने दिन छ। आफन्तसँग छुट्नु पर्दाको पीडाले मन अशान्त हुनेछ। लगानीको क्षेत्रमध्ये शिक्षामा फाइदा हुनेछ। परिवारको साथ र माया मिल्नेछ।

मकर : यात्रा लाभदायी बन्नेछ। नबोल्दा हुने ठाउँमा बोल्न बाध्य हुनुपर्ने हुनसक्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। सञ्चित धनको खर्च हुने योग छ। आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ।

कुम्भ : यात्रा रमाइलो हुनेछ। अरुको सेवा गर्ने मौका मिल्नसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक क्षेत्रमा उन्नति र प्रगति हुनेछ। सामाजिक सेवा गर्ने मौका मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार