सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्वका अवसरमा सर्लाही पुगेर स्थानीयसँगै पर्व मनाएका छन्। उनले धनकौल गाउँपालिकामा परम्परागत रूपमा छठको ढाकी बोकेर घाट पुग्दै पूजाआजामा सहभागिता जनाएका हुन्।
छठ पर्वको धार्मिक तथा सांस्कृतिक परम्परालाई आत्मसात् गर्दै थापा स्थानीयसँगै छठ घाट पुगेका थिए। पर्व मनाउन सर्लाही आएका उनले स्थानीयको सहभागितामा छठ पूजा गर्दै पर्वको उल्लासमा आफूलाई पनि सहभागी गराए।
यस क्रममा थापाले सर्लाहीका विभिन्न स्थानमा रहेका छठ घाटहरूको समेत भ्रमण गरेका छन्। घाटमा भेला भएका स्थानीय नागरिकसँग भेटघाट र संवाद गर्दै उनले उनीहरूका समस्या, गुनासा तथा सुझाव सुनेका थिए।
छठ घाटमा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट र कुराकानी गरेका थापाले पर्वको अवसरलाई स्थानीयसँग नजिकबाट जोडिने अवसरका रूपमा उपयोग गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया