असार २८, २०८२ शनिबार July 12, 2025

रिपोर्ट आउन ढिलो भएपछि क्वारेन्टिनबाट निस्किएर प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ । पीसीआर परीक्षण रिपोर्ट दिन ढिलो गरेको विरोधमा दाङको घोराहीस्थित रझेना मावि क्वारेन्टिनमा बसेकाहरु बाहिर सडकमा निस्किएर प्रदर्शन गरेका छन् । उनीहरु रझेनाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आएर प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेको र सम्झाइ बुझाइ गरेपछि फर्किएको बताएका छन ।

उनीहरुले छिटो पीसीआर रिपोर्ट दिन र छिटो आफूहरुलाई घर फर्काउन माग गर्दै नाराबाजी गरेका थिए ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले रिपोर्ट ढिला हुँदा क्वारेन्टिनमा बस्नेहरु आत्तिइसकेको बताएका छन । उनले भने, ‘सँगै क्वारेन्टिनमा बसेका कसैको कोरोना पोजेटिभ रिपोर्ट आएर, १४ दिनसम्म आइसोलेसनमा बसेर घर फर्किइसक्यो तर ऊसँगै क्वारेन्टिनमा बसेको व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट नआउँदा हैरान भइसकियो ।’

दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण हुँदै आएको छ । तर चाप अत्यधिक रहेकाले छिटो परीक्षण हुन सकिरहेको छैन । स्वाबको नमूना परीक्षणको चाप बढेसँगै प्रतिष्ठानले हालै दोस्रो पीसीआर परीक्षण मेसिन जडान गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार