काठमाण्डाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचओटा विधेयक पेस गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको लोक सेवा आयोग विधेयक, २०७५, लोक सेवा आयोग विधेयक, २०७५ राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ पेस गर्ने भएका हुन् ।
त्यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार विधेयक, २०७७ पेस, अर्थ समितिको प्रतिवेदनसहितको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।
त्यस्तै, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएका विनियोजन विधेयक, २०७७, आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७, ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ राष्ट्रिय सभाबाट पारित भएको जानकारी गराउनेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया