असार २८, २०८२ शनिबार July 12, 2025

कोरोना नष्ट गर्नसक्ने माक्स बन्यो !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना संक्रमणका बेला अस्थायी खाले रोकथामकै भरमा विश्व समुदाय संघर्षरत छ । अहिलेसम्म अचुक औषधि पत्ता लागिसकेको छैन । यद्यपी केही कम्पनीहरुले औषधि निर्माणमा सफलता प्राप्त गरेको दावी पनि गर्ने गरेका छन ।

फेरि पनि कारोना संक्रमित विरामीको उपचारका लागि कोरोना निको पार्ने औषधि प्रयोग गरिएको खबर अहिलेसम्म प्राप्त भएको छैन । सबै ठाउँका, सबै जनाले अस्थायी रोकथामकै भरमा चित्त बुझाउनु पर्ने अवस्था छ ।

कोरोना भाइरस संक्रमणलाई रोक्ने, जित्ने तथा निको पार्ने कुनै नौलो खबर अउनासाथ सबैको ध्यान त्यतै तानिन्छ । यो सब कोरोनामाथी विजय पाउन खोज्ने मानवीय चाहना हो ।

यसै सन्दर्भमा यस्तै चाहना ईजरायलको एक मास्क कम्पनीले जगाइदिएको छ । त्यहाँको सोनोविया कम्पनीले तयार पारेको मास्क कोरोना भाइरसलाई नष्ट गर्न ९९ प्रतिशत सक्षम रहेको दावी गरिएको छ ।

कम्पनीका अनुसार यो मास्कलाई पटक पटक धुँदा पनि यसमा रहेको किटनाशक क्षमता नष्ट हुँदैन । यो मास्क जिंक अक्साईडको लेपन लगाइएको कपडाबाट बनाइएको सोनिवियाले बताएको छ ।

जिंक अक्साईडका मसिना कणहरुले भाइरस, ब्याक्टेरिया, फंगस जस्ता घातक जीवाणुहरुलाई सम्पर्कमा आउनासाथ नष्ट गर्ने कंपनीले दावी गरेको छ ।

चीनको शंघाई प्रयोगशालामा गरिएको परीक्षणमा यो मास्क कोरोना भाइरसलाई नष्ट गर्न ९० प्रतिशत सफल रहेको पुष्टि भएको सोनिविया कम्पनीले जनाएको छ ।

यहि प्रविधिको प्रयोगबाट आगामी साता अस्पतालमा प्रयोग गरिने पीपीई तथा अन्य आवश्यक पोशाकहरुको निर्माण गरिने सोनिवियाका प्राविधिक अधिकृत लायट गोल्धामरलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया