असार २७, २०८२ शुक्रबार July 11, 2025

थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार ९९ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।

थप एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई ४ असारमा अस्पतालमा भर्ना गरिएको थियो ।

मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका उनको अवस्था गम्भीर भएकाले आईसीयूमा राखेर उपचार गरिएको र मंगलबार मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

कहाँ कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्युठानमा ५० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, सप्तरी र धादिङका १८/१८ जना, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, महोत्तरी र झापा १२/१२ जना छन्।

यस्तै, कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना, सुनसरीका ६, लमजुङका ५, गुल्मीका ५, सल्यान र डडेलधुराका ४/४ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची, सर्लाही र रुपन्देहीका २/२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

रुपन्देही, कालीकोट, हुम्ला र पर्वतका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालका कुल कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ भने २२२४ जना डिस्चार्ज भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार