भाद्र २९, २०८३ सोमबार September 14, 2026

एसइइको नतिजा प्रकाशन कार्यविधि जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ ।

कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो ।

विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ ।

मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले गत वर्षको अन्तिम मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो । कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाउन भनिएको छ ।

कार्यविधिमा समय तालिका भने खुलाइएको छैन । गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
२०८३ भाद्र २९, सोमबार
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री
२०८३ भाद्र २९, सोमबार