वैशाख २९, २०८१ शनिबार May 11, 2024

सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल

मकरलाई आज ठुलो काममा भुलेर पनि धन नलगाउनु राम्रो हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष : बोल्दा विवेक पुर्याएर बोल्नु राम्रो हुन्छ। साथीभाइ दाहिना छन्। शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्र अब्बल छन्। खर्च कटौती गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सुरुवात गरेको काम सफल बन्नेछ। वैदेशिक लगानीबाट राम्रो उन्नती हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सम्पत्ति अप्ठेरो ठाउँमा पुग्ने भएकाले सचेत भएर कारोबार गर्नु राम्रो हुनेछ।

मिथुन : सोचेको काम बन्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा गरेका प्रयास सफल देखिन्छन्। धार्मिक मानिसँग भेट हुनेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ।

कर्कट : सामाजिक क्षेत्रमा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी डुब्ने खतरा छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सुरुवात गरेको काम बन्नेछ। प्राप्त उपयुक्त सहयोग लिनु राम्रो हुन्छ। काम गर्नु अगाडि विषय विज्ञसँग सुझाव लिनु आवश्यक हुन्छ। आफैंले निर्णय गर्ने भन्दा आफू भन्दा ठुलाको सल्लाह लिनु उपयुक्त देखिन्छ।

कन्या : अधुरा काम सफल बन्नेछन्। डुब्न लागेको धन उठ्नसक्छ। सोचेको ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दैनिकी राम्रो छ। चन्द्रमा दाहिना भएकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारले तपाईंको भावना नबुझ्नाले मनमा खटपटी हुनेछ। व्यापारमा फाइदा हुनेछ।

वृश्चिक : शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानी भए राम्रो आम्दानी हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

धनु : श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। प्रेम सम्बन्धले परिवारमा उल्लास बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ।

मकर : दिन सामान्य छ। ठुलो काममा भुलेर पनि धन नलगाउनु राम्रो हुन्छ। धेरै नबोल्नु राम्रो हुनेछ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ।

कुम्भ : अपेक्षा गरेका मान्छेबाट सहयोग प्राप्त नहुने देखिन्छ। जुनसुकै काम गर्दा पनि आफू अगाडि नलाग्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग भने राम्रो रहनेछ। उद्योग र व्यापारमा हात नलगाउनु राम्रो हुन्छ।

मीन : घमण्डले आफूलाई समस्यामा पार्ने योग छ। जानकार व्यक्तिलाई सोधेर काम गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा तनाव हुने देखिन्छ। आज लगानीको क्षेत्रमा हात नहाल्नु राम्रो हुन्छ। धर्मकर्ममा मन जानेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया