जेठ ८, २०८१ मंगलबार May 21, 2024

कस्तो रहला आजको मौसम ?

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली र देशका अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भू-भागको थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

त्यसैगरी आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भू-भागको थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी
२०८१ जेठ ८, मंगलबार
राष्ट्रियसभामा पनि प्रतिपक्षको नाराबाजीका बीच धन्यवाद प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
प्रमुख प्रतिपक्षको नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
पशुपतिनाथ मन्दिरको भेटी चोर्ने आठ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध धनुषामा पक्राउ पूर्जी जारी
२०८१ जेठ ८, मंगलबार
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा
२०८१ जेठ ८, मंगलबार
मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल
२०८१ जेठ ८, मंगलबार