जेठ ४, २०८१ शुक्रबार May 17, 2024

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

नेपाल सरकार लगानीकर्ताको वाचाप्रति प्रतिबद्ध रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि सरकारले ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

लगानी सम्मेलनको अन्तिम दिन आयोजित अन्तरक्रियामा बोल्दै उहाँले गृहमन्त्रालयले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले नेपाल सरकार लगानीकर्ताको वाचाप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “लगानीकर्ताहरुले जुधिरहनुभएको समस्या र अवस्थासँग हामी जानकार छौँ । आगामी दिनका लागि यस्तो हुन नदिन हामी प्रतिबद्ध छौँ ।

गृह मन्त्रालयले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “मेरो नेतृत्वमा गृहमन्त्रालयले सुरक्षाको निकायका रुपमा मात्र होइनौँ, हामी ‘एलाइनमेन्ट फोर्स’ एजेन्सी पनि हौँ ।”

उपप्रधान एवं गृहमन्त्री लामिछानेले पूर्वाधारको माध्यमबाट वैचारिक रूपमा पूँजी निर्माण आर्थिक वृद्धिको महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै सडक, बिजुली र दूरसञ्चार उत्पादनका प्रमुख आधारमात्र नभएर सामाजिक पक्ष पनि उत्तिकै महत्वका साथ जोडिएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डोल्पा जिल्ला अस्पतालको आधुनिक भवन निर्माण
२०८१ जेठ ४, शुक्रबार
सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य
२०८१ जेठ ४, शुक्रबार
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार