जेठ ८, २०८१ मंगलबार May 21, 2024

मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

सत्ता गठबन्धनको संयुक्त बैठकमा मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्ता गठबन्धनको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति भएको हो ।

मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीसहित एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र सदस्यको समर्थनमा सोडारी वैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया