जेठ ९, २०८१ बुधबार May 22, 2024

तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण

विवरण उपलब्ध नगराउने विद्यालयलाई ग्रेड वृद्धि रोक्ने तथा ‘आइएमएस इन्ट्री’ रोकिदिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तुलसीपुर, १८ वैशाख : दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी विद्यालयको भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्कको विवरण माग गरेको हो । यही वैशाख१४ गते शुल्क विवरण माग गरिएकोमा अहिलेसम्म ४२ वटा विद्यालयले विवरण पठाएका छन् ।

उपमहानगरपालिकाभित्र ६८ सामुदायिक विद्यालय हुन् । अझै २६ विद्यायले विवरण नबुझाएको प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार एक हप्ता समय दिएर विवरण माग गरिएको हो । विवरण उपलब्ध नगराउने विद्यालयलाई ग्रेड वृद्धि रोक्ने तथा ‘आइएमएस इन्ट्री’ रोकिदिने समेत उहाँले बताउनुभयो ।

पछिल्लो समय निजी विद्यालयले बढी शुल्क लिएको भन्दै अभिभावकले गुनासो पोख्न थालेपछि विवरण माग गरिएको प्रमुख भण्डारीको भनाइ छ । “धेरै अभिभावकले शुल्क बढी भएको विषयमा गुनासो गर्नुभयो”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले सबैको विवरण माग गरेका छौँ, त्यो विवरणका आधारमा एउटा निर्णय गरेर अगाडि बढ्नेछौँ ।” सकेसम्म सबै निजी विद्यालयको शुल्कमा एकरुपता ल्याउने प्रयास गरिने प्रमुख भण्डारीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
२०८१ जेठ ८, मंगलबार
राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली काँग्रेस गम्भीर हुनुपर्छ: अध्यक्ष ओली
२०८१ जेठ ८, मंगलबार
सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
२०८१ जेठ ८, मंगलबार
सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेटवार्ता
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेटघाट
२०८१ जेठ ८, मंगलबार