जेठ ८, २०८१ मंगलबार May 21, 2024

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा, वैशाख १९ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधबार मनाइँदै गरिएको १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै ‘‘मजदुरहरुले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरुको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस्’’ भन्नुभएको छ ।

प्रमुख शर्माले आधुनिकता, विकास र समृद्धिको रचनाकार आम श्रमजीवी भएको बताउनुभएको छ । समयको लामो अन्तरालसम्म तिनै मजदुरहरु अधिकारविहीन, शोषित एवम् उत्पीडित रहेको भन्दै गर्दै उहाँले आजभन्दा १३४ वर्ष अघि आजैका दिन अर्थात् मे १ तारिखमा विश्वभरका मजदुरहरुले अनवरत संघर्ष र बलिदान पश्चात् आफ्नो अधिकार स्थापित गरेको उल्लेख गर्नुभएको छ ।

हाम्रो देशमा पनि २००७ साल यता यो दिवस मनाउन थालिएको उल्लेख गर्नुहुँदै प्रमुख शर्माले हकअधिकार प्राप्तिका लागि नेपाली जनताले गरेको कठोर संघर्षमा नेपालका श्रमिक वर्गको अविस्मणीय योगदान रहेको बताउनुभएको छ ।

‘‘हामी ति अमूल्य योगदानको कदर तथा अविचलित संघर्षप्रति गौरव गर्दछौं ।,’’ प्रमुखले भन्नुभएको छ, ‘‘अझै पनि समय, ठाउँ र श्रमको समुचित परिभाषा नभएको, कानुनी प्रावधान बमोजिम सेवा–सुविधा नपुगेको र सामाजिक सुरक्षाको उचित व्यवस्था हुन नसकेको गुनासाहरू सुनिने गरेको छ ।’’ यसका लागि राज्यले समुचित प्रबन्ध गरी गुनासाहरुको सम्बोधन गर्नु अत्यावश्यक भएको प्रमुख शर्माको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
२०८१ जेठ ८, मंगलबार
राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली काँग्रेस गम्भीर हुनुपर्छ: अध्यक्ष ओली
२०८१ जेठ ८, मंगलबार
सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
२०८१ जेठ ८, मंगलबार
सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेटवार्ता
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेटघाट
२०८१ जेठ ८, मंगलबार