माघ २१, २०७९ शनिबार February 4, 2023

हाम्रो विकास बैंक ज्योतिमा गाभिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नुवाकोट जिल्लालाई केन्द्र मानेर स्थापना भएको हाम्रो विकास बैंक अन्ततः ज्योति विकास बैंकसँग गाभिने भएको छ ।

आइतबार सम्पन्न भएको बैंकको साधारणसभाले ज्योति विकासबैंकसँग भागिने निर्णयलाई पारित गरेको छ । साधारणसभामा पारित भए अनुसार १ बराबर १ कोदललले ज्योति विकास बैंकसँग गाभिने निर्णय भएको छ ।

यसअघि गत वर्ष सञ्चालक समितिको बैठकले ज्योति विकास बैंकसँग मर्ज गर्ने निर्णय गरेको भएपनि सेयर सदस्यहरुको विरोधपछि मर्जर प्रक्रिया नै स्थगित भएको थियो ।

पछिल्लो समय हाम्रो विकास बैंकले  शाखा विस्तार गरेको छ भने रसुवामा पनि शाखा सञ्चालन गरेको छ ।ज्योति विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं रहेको छ र यसका विभन्न स्थानमा शाखा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया