जेठ ८, २०८१ मंगलबार May 21, 2024

पोखरामा किसानका लागि आइपिएम पाठशाला

हाल ३५ जना किसानको सहभागितामा काँक्रो बाली लक्षित १६ हप्ते पाठशाला सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १९ वैशाख : कास्कीको पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ ।

पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनोहर कडरियाले वडा नं ११ स्थित काहुँ सिस्नेरीमा किसानलाई प्राङ्गारिक विधिबाट खेतीगर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालन गरिएको जानकारी दिनुभयो ।

व्यावसायिक कृषिप्रति आकर्षण बढ्दै गएकाले स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगबिना खेती गर्न र प्राङ्गारिक विधिबाट खेती गर्न अभिप्ररित गर्न पाठशालामा ज्ञानसीप सिकाइने छ । हाल ३५ जना किसानको सहभागितामा काँक्रो बाली लक्षित १६ हप्ते पाठशाला सञ्चालन गरिएको कडरियाले बताउनुभयो ।

पाठशालाको सिकाइलाई प्रभावकारी बनाउन गडेउला, खपटे, खुम्रे, पुतली र औँंसा गरी पाँच समूह बनाइ प्राविधिकसहित प्रयोगात्मक सिकाइसमेत भइरहेको समूहका सदस्य पार्वतीदेवी आचार्यले बताउनुभयो ।

पाठशालाका लागि किसानले गत चैत १६ गते भक्तपुरे लोकल जातको काँक्रोका बेर्ना रोपेका र अहिले सोही बालीका बारेमा सिक्ने तथा सिकाउने काम भइरहेको अर्का सदस्य सुभद्रा आचार्यले जानकारी दिनुुभयो ।

पाठशालाका लागि महानगरपालिकाले रु एक लाख विनियोजन गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
२०८१ जेठ ८, मंगलबार
आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी
२०८१ जेठ ८, मंगलबार
राष्ट्रियसभामा पनि प्रतिपक्षको नाराबाजीका बीच धन्यवाद प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
प्रमुख प्रतिपक्षको नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
पशुपतिनाथ मन्दिरको भेटी चोर्ने आठ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध धनुषामा पक्राउ पूर्जी जारी
२०८१ जेठ ८, मंगलबार
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा
२०८१ जेठ ८, मंगलबार