जेठ ४, २०८१ शुक्रबार May 17, 2024

यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णयहरु

संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २० वैशाख । सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । बजेट अधिवेशन आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले आज बसेको मन्त्रिपरिषद् बैठकको महत्वपूर्ण तीन निर्णयहरु सार्वजनिक गरेकी हुन् ।

यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णयहरुः

१. २०८१ साल वैशाख २८ गते शुक्रबारका दिन अपरान्नह २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

२. जापानी परराष्ट्रमन्त्री एईएमएस कामिकावा योकोको २०८१ वैशाख २३ गते हुने नेपाल भ्रमणमा दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि टोली गठन गरी वार्ताको लागि अख्तियारी दिने ।

३. समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्व न्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गर्ने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया