जेठ ४, २०८१ शुक्रबार May 17, 2024

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेटवार्ता

नेपाल–भारतका लेखा परीक्षणका विविध विषयमा क्षमता अभिवृद्धि र अनुभव आदानप्रदानलगायतका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र भारतका नियन्त्रक एवम् महालेखापरीक्षक गिरीशचन्द्र मुर्मुले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारमा बिहिबार भएको भेटमा उहाँहरूबीच नेपाल–भारतका लेखा परीक्षणका विविध विषयमा क्षमता अभिवृद्धि र अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रूपक सापकोटाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल र भारतको महालेखापरीक्षकको कार्यालयबीच हालै भएको सहयोग एवं अनुभव आदानप्रदान गर्ने सहमतिबाट दुवै देशको सार्वजनिक लेखा परीक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतका महालेखापरीक्षक मुर्मुले नेपालको लेखा परीक्षणबारे आफूले जानकारी प्राप्त गरेको उल्लेख गर्दै आगामी दिनमा दुई देशका लेखापरीक्षकहरूले एकअर्काको अनुभव र सीप सिक्न सक्ने गरी सहकार्य अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा नेपालका महालेखापरीक्षक तोयम राय, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा सापकोटा एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य
२०८१ जेठ ४, शुक्रबार
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार