जेठ ६, २०८१ आइतबार May 19, 2024

गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल

मकरलाई स्वदेश तथा विदेश यात्राको मध्यम योग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष राशिः विद्यार्थीहरुका लागि शैक्षिक यात्राको योग छ। जग्गा सम्बन्धी काममा सामान्य फल प्राप्ति हुनेछ। पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहनेछ। कार्यमा रुचि बढ्ने देखिन्छ।

वृष राशिः पारिवारिक सदस्यहरुबाट जग्गासम्बन्धी कारोबार नगर्नु राम्रो हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। पेटमा सामान्य समस्या देखा पर्न सक्नेछ। अध्यनार्थीहरुका लागि पढाइमा मन लाग्नेछ।

मिथुन राशिः भूमि क्रय र गृह निर्माणको योग छ। साथीहरुसँग यात्रा हुने योग देखिन्छ। विद्यार्थीहरुका लागि पढाईमा ढिलासुस्ती देखिन सक्छ। व्यापार व्यवसायमा केही बाधा देखिन्छ । स्वास्थमा पनि समस्या नआउला भन्न सकिन्न।

कर्कट राशिः  सवारी साधन किन्ने योग छ। मित्रहरुबाट कार्यसिद्धि हुने समय रहेको छ। काम गर्दा विचार पु¥याएर गर्नु पर्नेछ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापार व्यवसाय गर्नेहरुलाई दिन राम्रो छ।

सिंह राशिः अध्ययनमा रुचि बढ्ने छ। नविन कार्यमा हात नहाल्नु राम्रो छ। रमाईलो भेटघाटमा सहभागी हुनुपर्नेछ। केही धन खर्च हुने दिन छ। स्वास्थ्यमा सामान्य बिकार आउने देखिन्छ। भ्रातृत्व प्रेम सद्भाव रहनेछ।

कन्या राशिः  समाजिक क्षेत्रमा सफलता देखिन्छ। व्यवसायमा लगानीबाट लाभ कम हुनेछ। धार्मिक कार्यमा दिन शुभ छ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। यात्रामा शुभफल प्राप्त योग छ। प्रतिष्ठा र सम्मान मिल्ने दिन छ।

तुला राशिः रमाईलो भेटघाटमा सहभागी हुनुपर्नेछ। यात्रा गर्नु पर्दा बिहानै गर्नुहोला। धन व्यय हुने योग देखिन्छ। आफन्तहरुसँग शुभ भेटघाट र कार्यमा सम्मान हुनेछ।  कला र साहित्य क्षेत्रमा रुचि बढ्नेछ।

वृश्चिक राशिः अध्ययनमा सफलता मिल्नेछ। वाणी प्रभाव वढ्ने योग छ। राजनीतिक पद, जिम्मेवारी प्राप्त हुने योग छ। मित्रहरुबाट अर्थ लाभ हुने दिन छ। पराक्रमबाट कार्यसिद्धि हुने समय छ।

धनु राशिः राजनीतिमा सफलता मिल्नेछ। विद्यार्थीहरुकालागि अध्ययनमा रुचि बढ्नेछ। वाणी सफल हुने योग छ।  व्यापारमा आर्थिक लगानीहरु प्राप्त हुने देखिन्छ। कार्यमा प्रभुत्व बढाउन सफल भइनेछ।

मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानि गर्न सामान्य योग छ। अग्रजमा रोग निको हुने समय छ। स्वदेश तथा विदेश यात्राको मध्यम योग रहेको छ।

कुम्भ राशि: विद्यार्थीहरुका लागि दोहोर्याएर पढ्नु पर्ने हुनसक्छ। उद्योगमा आर्थिक लगानि गर्दा फल मिल्ने योग छ। जीवन साथीसँग प्रेम सद्भाव रहनेछ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

मीन राशि: व्यापारमा शुभ फल प्राप्त हुनेछ। स्वास्थ्यमा केहि खर्च हुने समय छ। राजनीतिमा सामान्य शत्रुबाधा हुन सक्नेछ। पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहनेछ। अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त होला।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया