जेठ ७, २०८१ सोमबार May 20, 2024

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार नै वैशाख २८ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

कोशीमा यो छैठौं पटक सरकार गठन गर्न लागिएको हो । यसअघि पाँच पटक सरकार गठन भइसकेका छन् । तर कुनै पनि सरकार स्थीर बन्न सकेका छैनन् ।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले गएराति जारी सूचनामा लेखिएको छ, ’माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५:०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।’

एमाले–माओवादीले बुधबार अपराह्न नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

कांग्रेस नेता केदार कार्की गत असोज २९ गते संविधानको सोही उपधाराअनुसार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । प्रदेश प्रमुखको आह्वानपछि एमाले–माओवादीले आजै दाबी प्रस्तुत् गर्ने तयारी गरेका छन् ।

गत चैत २६ मा सरकारबाट एमाले –माओवादी बाहिरिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा पर्नुभएको थियो । उहाँले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानका कारण एमाले–माओवादीले पेस गरेको संकल्प प्रस्ताव वैशाख ७ को संसद् बैठकले पारित नै गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया