जेठ ७, २०८१ सोमबार May 20, 2024

निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न

अत्तरिया क्षेत्र वरपरका विभिन्न स्थानबाट आएका ३९ जना सहभागीलाई प्रमाण–पत्र वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अत्तरिया, २८ वैशाख । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कैलाली एवम् अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सात दिनसम्म चलेको प्रशिक्षण कार्यक्रम आज सम्मपन्न भएको हो।

प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त रहेका थिए। विशिष्ट अतिथिमा स्वास्थ्य सेवा विभाग नेपालका पूर्वमहानिर्देशक डा. क्ष्मीराज पाठक, नेपाल ज्योतिष परिषद् सु.प. प्रदेश अध्यक्ष माधवराज जोशी एवम् नेपाल ज्योतिष परिषद्का जिल्ला अध्यक्ष खगेन्द्रराज अवस्थी रहेका  थिए।

आज भएको कार्यक्रममा यस पुस्तकालयका आजीवन सदस्य, दानदाता, पत्रकार प्राध्यापक, व्यापारी, बुद्धिजिवी, कर्माचारी गरेर १०० जनाको उपस्थिति रहेको थियो।  कार्यक्रममा अत्तरिया क्षेत्र वरपरका विभिन्न स्थानबाट आएका ३९ जना सहभागीलाई प्रमाण–पत्र वितरण गरिएको थियो। न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया