काठमाडौंः राष्ट्रपति राम चन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन पुगेका हुन् ।
संसद भवनमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उनलाई स्वागत गरेका थिए ।
राष्ट्रपतिको सम्मानमा संसद भवनमा नेपाली सेनाको एक टोलिले सम्मान गारथ अर्पण गरेको थियो ।
अब केहि बेरमा नै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया